
मानपकडि,७ भदौ । रुपन्देहीको शुद्धोदन गाउँपालिका ४ फर्साटिकर अवस्थित शुद्धोदन उद्योग वाणिज्य संघको आयोजनामा शुद्धोदन दोस्रो बृहत खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।खुल्ला तीज गीत प्रतियोगिताको उपाधी नेपाल मगर संघ मगर टोल इकाई समितीले जित्न सफल भएको छ ।उसले पुरस्कार बापत नगद २५ हजार र सम्मानपत्र प्राप्त गर्नुभएको छ।भने दोस्रो स्थानमा नव जागृति आमा समूह भएको छ।तेस्रो स्थानमा ड्रिमभिजन माध्यमिक बिद्यालय भएको छ।र सान्त्वनामा यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पस भएको छ।भने उत्कृष्ट नृत्यमा युनाइटेड अङ्ग्रेजी स्कुल भएको छ।उत्कृष्ट अभियानमा तिलोत्तमा माध्यमिक बिद्यालय भएको कार्यक्रम संयोजक शोभा कुमारी आलेले जानकारी दिनुभयो।
शुद्धोदन उद्योग वाणिज्य संघका अध्यक्ष लालमणी श्रेष्ठको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको खुल्ला तीज गीत प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले पानशमा दीप प्रज्लोवन गरि उद्घाटन गर्नुभएको थियो।सो अवसरमा बोल्दै यस शुद्धोदन उद्योग वाणिज्य संघले महिलाहरूको महान चार्ड हरीतालिका तीजको अवसरमा संस्कृत झल्काउने खुल्ला तीज गीत प्रतियोगिता कार्यक्रममार्फत राम्रो सन्देश देखिने र पालिका का मात्र नभई छिमेकी पालिका का दिदीबहिनी हरु लाई पनि समेटेर नाचगान गर्ने अवसर मिलाएको आयोजकलाई शुभकामना धन्यवाद दिनुभयो।यस शुद्धोदन उद्योग वाणिज्य संघले आफ्नो निजी भवनको लागि जग्गा उपलब्ध गरेर आएकोमा भवन निर्माणकार्य का लागि छिटोभन्दा छिटो पहिलो किस्ता १५ लाख बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता गर्नुभएको थियोे।
कार्यक्रममा लोकदोहोरी गायक प्रकाश पराजुली र गायिका उमा देवि खनालले आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई झुमाएका थिए।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,शुद्धोदन ४ का वडा अध्यक्ष तथा प्रव्क्ता केशवप्रसाद अधिकारी,शुद्धोदन उद्योग वाणिज्य संघका सल्लाहकार नारायण प्रसाद घिमिरे लगायतले महिलाहरूको महान चार्ड हरितालीका तीजको शुभकामना कामना मन्तव्य दिनुभएको थियो।कार्यक्रम संयोजक शोभा कुमारी आलेको स्वागतमा र संघका माहा सचिव विष्णु पंगेनीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।