१० जना उपसचिवको सरुवा

  • काठमाडौँ । १० जना उपसचिवको सरुवा गरिएको छ ।
    सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मध्येनेपाल नगरपालिका, रामग्राम नगरपालिका, गौरीगङ्गा नगरपालिका र बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो ।
    मन्त्रालयबाट सरुवा गरिएकामध्ये शुक्लागण्डकी नगरपालिका, रामग्राम नगरपालिका, प्युठान नगरपालिका, भोजपुर नगरपालिका, गौरीगङ्गा नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पठाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation