लायन्स क्लव बुटवल युथ को आयोजनामा लागु औषध दुब्यवर्सनी सम्बन्धी सचेतना

  • बुटवल,५ भदौ । लायन्स क्लव अफ बुटवल युथको आयोजनामा तिलोत्तमा लागूऔषध दुब्र्यवसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । करुणा चौतारीको फाउन्डेसनका को प्राविधिक सहयोग रहेको थियो ।
    क्लवका अध्यक्ष सुर्य पाण्डेयको अध्यक्षताम भएको कार्यक्रममा सञ्चालन सचिव प्रदिप कुमार विश्वकर्माले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डिष्ट्कि गर्भनर बलाराम भट्राराईले क्लवले आयोजना गरेको कार्यक्रम आफैमा महत्वपूर्ण र समय सान्र्दभिक रहेको बताएका थिए ।
    यस्तै विशेष अतिथि होराईजन गौतम बुद्ध स्कुलका प्रधानाध्यापक गोपाल आचार्यले पछिल्लो पुस्तामा बढ्दै गएको सामस्या निराकरणको लागि सबैले बेलैमा सचेत बन्नुपर्ने बताएका थिए ।
    कार्यक्रममा सहजीककरण गर्दै होराईजन गौतमबुद्ध मावि व्यवस्थापन संकाय प्रमुख नारायण पन्थले युवा पुस्तामा लागूऔषको प्रभावको विषयमा सचेतना आवश्यक रहेको बताएका थिए । यस्तै प्रशिक्षकको रुपमा करुणा चौतारी फाउन्डेसनका अध्यक्ष उमेश आर्चाय सहित करुणा फाउन्डेसनका कार्यक्रम संयोजक तथा परामर्सदाता अरुण थापा प्रशिक्षण प्रदान गरेका हुन । कार्यक्रममा न्यू होराईजन गौतमबुद्ध विद्यालय तिलोत्तमा १ मा भएको कार्यक्रम सयोजक दिपक थापाले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation