
बुटवल,४भदौ । लायन्स क्लब बुटवल मणिउजेशद्धारा रजोनिवृत्ति सम्बन्धी बुटवलमा वृहत कार्यक्रम गरेको छ। रजोनिवृत्ति भनेको महिनावारी सुख्नु अगाडिको अवधि हो।
यो समय ४० देखि ५० वर्षका महिलाहरूको शरीरमा हार्मोन विशेषगरी एस्ट्रोजनको स्तरमा उतार चढाव आउँछ, जसले गर्दा शरीरमा विभिन्न शारीरिक र मानसिक परिवर्तन आउने बिषयमा लायन्स क्लव बुटवल मणीउजेसको आयोजनामा कार्यक्रम गरिएको हो।
महिनावारीको अनियमितता र शारीरिक परिवर्तनहरू जस्तै को बिषयमा कार्यक्रममा प्यानल डिस्कसन समेत गरिएको थियो ।
रजोनिवृत्ति एक प्राकृतिक प्रक्रिया हो, यो कुनै रोग होइन। महिला यो चरणबाट हुँदा शारीरिक र मानसिकरुपमा समर्थन र पारिवारिक साथ आवश्यकता पर्दछ त्यसैले यो परिवर्तनलाई समझदारी र सम्मानसाथ अपनाउनुपर्छ मा् प्यानलिष्टहरुले जोड दिएका थिए ।
सृष्टि गुरुंगको संयोजकत्वमा भएको कार्यक्रमा मा भएको कार्यक्रममा सिमा बस्यालको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका गर्भनर बालाराम भट्टराईले महिलाहरुको स्वास्थ्य आवश्यक परामर्श सामाजिक उत्तरदायित्व अभियान अनुसार बृहत कार्यक्रम गरेको बतानुभयो ।
प्यानेल डिसकसनमा क्यान्सर रोगबारेमा डा व्इबाइ तुलाधर, महिला रोग बिशेषज्ञ डा बविता थापा ,फिजिसियन डा बिक्रम काफ्लेमहिनावारी होस् या रजोनिवृत्ति ९मेनोपज० को अवस्थामा सबैलाई उस्तै शारीरिक परिवर्तन या समस्या आउँछ भन्ने छैनजसरी महिनावारी हुनुपूर्व या पश्चात् महिलाहरूमा चिडचिडाहट, एन्जाइटी, पीडा हुन्छ, त्यस्तै महिनावारी सुक्ने अवस्थामा पनि अनेक लक्षण देखिन्छन् । ती लक्षणले महिलालाई शिथिल, चिडचिडे, पीडित बनाएकै हुन्छ । निन्द्रा नलाग्नु वा बारम्बार ब्युझिने । थकान शिथिलता र कमजोर महसुस गर्नु तौल बढ्नु । कतिपय महिलामा त एक वर्षदेखिकै रगत बग्ने, पाठेघरमा ट्युमर पलाउने, पाठेघर तल खस्ने, क्यान्सर हुने जस्ता समस्या पनि देखिन्छन् बताउनु भयो । रजोनिवृत्तिपछिका धेरै लक्षणहरू व्यवस्थापन गर्न सकिन्छ, तर केही संकेतहरूले तत्काल चिकित्सा सल्लाहा गर्नुपर्ने गम्भीर वा लामो समयसम्म रक्तस्राव, अस्पष्ट वजन घटानेस् अचानक तौल घट्नु गम्भीर स्वास्थ्य समस्याको आएमा गम्भीर डिप्रेसन वा चिन्ता यदि मुड परिवर्तनहरू अत्यधिक छन् भने चिकित्सा सल्लाहा लिनुपर्ने बताउनुभएको थियो ।
तेस्तै पातन्जली योग रुपन्देही अध्यक्ष सरस्वति बस्यालले रजोनिवृत्ति सबै लक्षणलाई योगको सहायताले कम गर्न सकिन्छ। कसरी महिलाहरूले रजोनिवृत्तिको समयमा सामना गर्ने समस्याहरूबाट ३ प्रभावकारी योग आसनहरूबाट मुक्त हुन सक्छन्। सुखासन, जसले शरीर र दिमाग दुवैलाई शान्त बनाउँछ, रजोनिवृत्तिको समस्यालाई कम गर्न पनि मद्दत गर्दछ। यसको नियमित अभ्यासले मूड स्विङ र तनावलाई नियन्त्रण गर्न सकिन्छ।,ताडासन गर्नाले मांसपेशीहरूमा खिंचाव सिर्जना हुन्छ, जसले तपाईंको खुट्टालाई बलियो बनाउनुको साथसाथै पेट र श्रोणि क्षेत्रलाई बलियो बनाउन मद्दत गर्दछ।सर्वांगासन गर्नाले हर्मोनल परिवर्तनका कारण हुने मुड स्विङलाई कम गर्न, दिमागलाई शान्त पार्न र तनाव कम गर्न मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा डिष्ट्रिक पदाधिकारी,एरिया, जोन, रिजन अन्तर्गतका व्यक्तित्वहरु, अन्य क्लब तथा संघसंस्थाका पदाधिकारीहरु, जनप्रतिनिधीहरु, क्लबका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालक साइजा श्रेष्ठले गर्नु भएको थियो ।