प्रधानमन्त्रीको चाहानाले मात्रै पनी नेपालको बिकाश गर्न समस्या छ

  • बुटवल ,३ भदौ । नेपालको राणा कालदेखी नै स्थायी रुपमा सत्ता चलाएको स्थायी सत्ता कर्मचारी तन्त्रका कारण बिकाश नभएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्र्तीले बताउनु भएको छ । केही संयन्त्र सही र अशल भएतापनी अधिकांस कर्मचारी तन्त्र झुट भएको बताउनुभएको हो ।
    आज नेपाल मगर महीला संघ बुटवल उपमहानगर समीतीले भुमी आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा लाई सम्मान तथा अन्तकृया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै सभामुख घर्तीले सो कुरा बताउनु भएको हो । आजको समाज सही बोल्न सक्ने अबस्थामा नभएकाले समाजको बिकाश रोकीएको वाहाको दाबी छ ।सही बोल्ने मानीस बिभीन्न बहानामा सिकार भएको भन्दै सत्यको बाटो र सही कुरा भन्न सक्ने हिम्मत गर्नुपर्ने बताउदै यसको अभाबमा बिकाश सम्भब नभएको बताउनुभयो ।
    नेपालको सबै स्थानीय तहमा यही समस्या रहेको भन्दै लुम्बिनी प्रदेश सरकार पनी सही ढंगबाट अगाढी बड्न सकेको छैन सभामुखले चाहादैमा कुनै पनी कानुन अगाढी बड्न नसक्ने घर्तीले बताउनुभयो । नेपालको सबीधानले आदिवासी जनजातीको भाषीक र सास्कृतीक अधिकार मात्रै प्रदान गरेको र सबीधानमा उल्लेख भएको बिषय लागु गर्न आदिवासी जनजातीले सो कुराको कार्यान्वयनमा जोड दिनु पर्ने बताउनुभयो ।
    महीलाहरु को अधीकार सुनीस्चीत गर्न महीला आफु लाग्नु पर्ने भन्दै प्रदेशको ५२ स्थानबाट एक महीला मात्र प्रत्यक्ष चुनाब जितेर प्रदेश सभामा प्रतीनिधीत्व गरेको बताउदै सो अदाहरण पेश गर्नुभयो । निकट भबीष्यमै लुम्बिनी प्रदेश सरकारले बिभीन्न भाषा भाषीलाई सरकारी कामकाजको भाषा बनाउने प्रयास थालेको बताउनुभयो । सबीधान संसोधन नगरी आदिवासीले अधिकार नपाउने बताउदै लुम्बिनी प्रदेशमा पाल्पा देखी रोल्पा सम्म सास्कृतीक मगरात स्वायत्त क्षेत्र बनाउन सकीने बताउनुभयो तर यसका लागी संघर्ष आबस्यक भएको बताउनुभयो ।
    अन्तकृया कार्यक्रममा भुमी आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले भुमीहिन समस्या समाधान गर्न आफुले सक्दो प्रयास गरेपनी कर्मचारी तन्त्रको काम गर्ने शैली र परम्पराले केही समस्या भएको बताउनुभयो । कुनैपनी काम गर्न ईमान्दारीता पहीलो शर्त भएको बताउदै इमानका साथ काम गर्न सकेमा भुमीहिन, दलीत सुकुम्बासीको समस्या छिटै समाधान हुने थापाको भनाई छ ।कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य धनी आलेले मगरले मगर समुदायको बिकाशमा राज्य उदासिन रहेको बताउनुभयो ।
    अन्तकृयामा मगर संघका केन्द्रीय सदस्य मधु राना,ज्ञान बहादुर सलामी, आदिवासी जनजाती महासंघ लुम्बिनीका सचीब मनोज कुमार राना,नेपाल मगर संघ लुम्बिनी का बरीष्ठ उपाध्यक्ष जनक थापा मगर, मगर महीला संघ रुपन्देहीका पुर्ब अध्यक्ष सकुन्तला पुन, मगर महीला संघ बुटवल उपमहानगरका निबर्तमान अध्यक्ष माया गलामी , लगायत मगर महीला संघका नेतृहरुको उपस्थीती रहेको थियो । कार्यक्रम लक्ष्मी थापाको संयोजन कुमारी थापाको स्वागत तथा तिर्थ कुमारी सोमरेको सञ्चालनमा सम्पन्न भएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation