
बुटवल, २ भदौ । लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा आइतबार तानसेन टुँडिखेलमा निःशुल्क मधुमेह जाँच एवं उच्च रक्तचाप जाँच डा. सौरभ श्रेष्ठबाट निःशुल्क परामर्श सेवा प्रदान गर्नुभएको थियो।’ पाल्पामा भगवति जात्रा अवसरमा निशुल्क पानी समेत बितरण गरिएको क्लबका अध्यक्ष तुलबहादुर अधिकारीले बतानुभयो । निशुल्क मधुमेह रोगको परीक्षणमा ५० जना सहभागी भएको कार्यक्रम संयोजक कोशिश भण्डारीले जानकारी दिनुभयाे । अध्यक्ष अधिकारीले कार्यक्रममार्फत सबैलाई शारीरिक स्वास्थसँग तन्दुरुस्त रहनुपर्छ भनेर सचेतना गराएको बताउनुभयो । डा.श्रेष्ठले रोगका कारण, लक्षण, उपचारका उपाय र रोकथामका तरिकाबारे विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । नियमित स्वास्थ्य परीक्षण स्वस्थ आहार, तनाव नियन्त्रण, पर्याप्त आराम र सक्रिय जीवनशैली मधुमेह जाँच एवं उच्च रक्तचाप बाट जोगिने प्रभावकारी उपाय हुन्” डा.सौरभ श्रेष्ठ बताउनुभयो ।