
बुटवल,२ भदौ ।साविक दौघा गाविस हाल छ्त्रकोट गा पा. वाट बसाई साराइ गरि रुपन्देही आएका दिदी बैनि दाजु भाइहरु मिलेर बुटवल नयाँगाउ स्थित नयाँगाउँ पाटी प्यालेसमा गुल्मी दौघा रुपन्देही सम्पर्क समाजले तिज मिलन तथा दर खाने कार्यक्रम २०८२ भव्य सव्य अनि सफलतापुर्वक कार्यक्रम सम्पन्न भएको छ ।
सम्पर्क समाजका वरिष्ठ आजिवन सद्स्य भिमार्जुन ज्ञवालीको प्रमुख अथित्य रहेको कार्यक्रममा अतिथहरुमा सम्पर्क समाजका उपाध्यक्ष स्याम बहादुर थापा ,अजिवन सदस्य तथा संरक्षक लेखनाथ ज्ञवाली , सम्पर्क समाजका सचीव कमल ज्ञवाली , सम्पर्क समाजका कोषादक्षय गोविन्द ज्ञवाली , भजन गायाक तथा हस्यकलाकार मनोज ज्ञवाली , आजिवन सदस्य पदम बि. क. आजिवन सद्स्य यमलाल ज्ञवाली , अजिवन सद्स्य शंकर ज्ञवाली लगायतको अतिथ्यता रहेको थियो । सम्पर्क समाजका उपाध्यक्ष स्याम बहादुर थापा को स्वागत मनत्व रहेको कार्यक्रममा प्रमुख अतिथि भिमाजुन ज्ञवाली ,सम्पर्क समाजका संरक्षक लेख्नाथ ज्ञवाली , का्षादक्षय गोविन्द ज्ञवाली , सचीव कमल ज्ञवाली , आजिवन सदस्य तथा संचालक समिती सदस्य पदम बिस्वकर्माले आउदै गरेको हरितालिका तीजको शुभकामना अदान प्रदान गरनु भएको थियो । आजिवन सद्स्य लक्ष्मी शर्मा घिमिरेको सन्चालन रहेको कार्यक्रममा करिव ३०० जना उपस्तिथि भएका सम्पुर्ण दिदिबैनि दाजुभाइहरुलाई भजन गायक तथा हस्य कलाकार मनोज ज्ञवालिले हस्य प्रस्तुतिले छम छम नचाएको थियो । साथै उक्त कार्यक्रमको लागि हल सौजन्य गरेकोमा सम्पर्क सामाजले नयाँगाउँ पार्टी प्यालेस लाई स -धन्याबाद दिएको जानकारी गराउनुभएको थियो । कार्यक्रमको समापन सम्पर्क समाजका अध्यक्ष भिमलाल ज्ञवालिले गर्नु भएको थियो ।