नविन विद्यार्थी क्लब (NSC) को छैठौँ अध्यक्षमा लक्ष्मी पाण्डे

  • बुटवल ,३१ साउन । नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय अन्तर्गत रहेको नविन विद्यार्थी क्लब (NSC) को छैठौँ अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।
    विद्यालय प्राचार्य प्रेम बहादुर बस्नेतले सामुदायिक विद्यालयमा विद्यार्थीलाई नेतृत्वमा अब्बल बनाउन क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।
    सस्थापक अध्यक्ष मधुसुदन नेपाल (बिपिन) ले क्लबको स्थापना उद्देश्य र महत्वबारे प्रकाश पार्दै निवर्तमान अध्यक्ष शुभास पौडेलको योगदानको प्रशंसा गरे। साथै उनले नयाँ नेतृत्वलाई जिम्मेवारीपूर्वक अघि बढ्न प्रेरणा दिए।
    निवर्तमान अध्यक्ष शुभास पौडेलले आफ्नो कार्यकालमा साथ दिने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नयाँ अध्यक्ष लक्ष्मी पाण्डेलाई सफल नेतृत्वका लागि शुभकामना दिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation