ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिक उत्सव,रुद्रपुर शाखा देशभरबाट उत्कृष्ट हुँदै पुरस्कृत

  • बुटवल, साउन ।
    नेपालको सरकारको ३० प्रतिशत भन्दा बढि शेयर स्वामित्व भएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिक उत्सव बुटवलमा मनाइएको छ । बुटवल आयोजना गरिएको कार्यक्रममा देशभरका १ सय ८९ शाखा मध्येबाट रुद्रपुर शाखा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ ।

    कर्जा प्रवाह, लगानी, एनपीएल शुन्य बनाउने सहित सदस्य विस्तार लगायतका ईन्डीकेटरमा प्रथम हुँदै उक्त पुरस्कार प्राप्त गरेको हो । पुरस्कृत रुद्रपुर शाखा लाई प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले शाखा प्रबन्धक विष्णु प्रसाद पौडेललाई पुरस्कार प्रदान गरे । बार्षिक उत्सवको अवसरमा उत्कृष्ठ सदस्य लाई नगद सहित पुरस्कृत गरिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation