
बुटवल,२९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११ औ बार्षिक उत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । विहिबार नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधीक सहयोगमा आयोजना गरिएको रक्तदान मा संस्थाका कर्मचारी र अन्यले सक्रियतापुर्वक सहभागीता जनाएका थिए । रक्तदान कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले नेपाल रेडक्रस सोसाईटी बुटवल शाखा बरिष्ठ प्राविधिक निरन्जनराज भण्डारी सहित रक्तदाता कर्मचारीलाई ब्लड कलेक्सन व्याग प्रदान गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
संस्थाले शुक्रबार आफ्नो स्थापनाको ११ औं बार्षिक उत्सवमा को अवसरमा लुम्बिनी प्रदेश अन्र्तगत रहेका ५० वटा शाखा कार्यालयबाट हरेक शाखाबाट १÷१ जना उत्कृष्ठ ग्राहक सदस्य लाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम समेत तय गरिएको ईश्वरर लम्सालले जानकारी दिए ।
रक्तदान कार्यक्रममा संस्थाका उप– प्रमुख कार्यकारी अधिकृत दिपक पाण्डे सहित प्रधान कार्यालय बुटवल, सञ्चालन तथा सुपरिवेक्षण कार्यालय बुटवल सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट शाखा प्रबन्धक र अन्य कर्मचारीको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रममा ४१ पोईन्ट रगत संकलन भएको छ ।
नेपाल सरकारको ३० प्रतिशत भन्दा बढि लगानी रहेको साविकका क्षेत्रीय स्तरका पाँचवटा ग्रामीण विकास बैंकहरू मर्जर भई बनेको राष्ट्रियस्तरको ९घ० वर्गको यस ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७१ साउन ३० गते देखि एकिकृत वित्तीय कारोवार शुरु गरी लघुवित्त सेवा उपलब्ध गराएको छ । देशभरका कुल ७५३ वटा स्थानीय तह मध्ये ३६९ वटा स्थानीय तहमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेवा पुगेको छ ।
हालसम्म यस वित्तीय संस्थाको कार्यक्रम ५६ वटा जिल्लामा रहेको र शाखा कार्यालयको संख्या १८९ वटा रहेको छ । बुटवल उप–महानगरपालिका वडा नं।–१०, कालिकानगर, रुपन्देहीमा संस्थाको प्रधान कार्यालय रहेको छ । विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढीमा यस संस्थाका सञ्चालन तथा सुपरिवेक्षण कार्यालय रहेका छन् ।
संस्थाले नेपालको ग्रामीण दूरदराजका विपन्न तथा पिछडिएका वर्गमा वित्तीय पहुँच पु¥याई उनीहरूको आर्थिक, सामाजिक क्षेत्रको सवलिकरण र राष्ट्रको गरिबी न्यूनीकरणमा प्रतक्ष्य सहयोग पु¥याउँदै आइरहेको छ । संस्थाको आर्थिक वर्ष २०८०÷८१ मा व्याज आम्दानी रु।१ अर्व ८८ करोड ३३ लाख ५० हजार, अन्य सञ्चालन आम्दानी रु।५ करोड ७० लाख ३० हजार, कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता आम्दानी रु।३८ करोड ४८ लाख ५ हजार र गैर संचालन आम्दानीबाट रु।८ लाख ९३ हजार गरी जम्मा रु।२ अर्व ३२ करोड ६० लाख ७८ हजार कुल आम्दानी हुन गएको छ । गत वर्षको सोही अवधिको तुलनामा कुल आम्दानी २८।८३ प्रतिशतले बृद्धि भएको छ ।