
बुटवल, २८ साउन । लायन्स क्लव अफ बुटवल संसारको आयोजानमा बुटवलमा आर्थिक सहयोग गरिएको छ । गुल्मी घर भई हाल शिवनगरमा बुटवल –७ मा बसोबास गर्दै आएका विकास थापा मुटु सम्बन्धी गम्भिर रोग लागेर उपचारको क्रममा रहेका छन् । उपचार खर्च अत्यधिक महँगो भएका क्लवले सहयोग गरेको कार्यक्रम संयोजक उमेश श्रेष्ठले जानकारी दिए । थापालाई अध्यक्ष गोविन्द प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल ३२५ पि का डिष्ट्रक गर्भनर पीएमजेएफ बलाराम भट्राराईको प्रमुख आतिथ्यता मा सहयोग प्रदान गरिएको हो । डिष्ट्रक गर्भनरबलाराम भट्राराईले नसर्ने रोगमध्येको सबैभन्दा धेरै समस्याका रुपमा मुटु रोग देखिएको छ । विश्वमा मृत्युको पहिलो कारणकै रुपमा यो समस्यालाई लिने गरिएको छ । नेपालमा पनि यो समस्या भयावह बन्दै गइरहेको छ । किशोर, बयस्क, अधबैंसेदेखि उमेर ढल्किइसकेका समेतका हरेक उमेर समूहका मानिसहरुलाई मुटु रोगको समस्या छ । पछिल्ला केही वर्षयता हृदयघातका कारण अकालमा ज्यान गुमाउनेमा किशोर र बयस्क उमेर समूहका धेरै रहेको बताए। कार्यक्रममा डिष्ट्रिक एड्भाईजर प्रकाश भट्रराई ,नि बर्तामान अध्यक्ष बम बहादुर थापा, सहसंयोजक उमेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । क्लवका अध्यक्ष पाण्डेका अनुसार बुटवल ७ मा रहेका मुटु ग्रसित व्याक्तिलाई ३२ हजार ८ सय ४५ रुपैयाँ सहयोग गरिएको बताए ।