पार्टी बैठकमा मुख्यमन्त्री आचार्यकाे सम्बाेधन:सुशासन प्रबर्द्धन प्रमुख लक्ष्य

  • दाङ,२८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबर्द्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको र त्यसकै आधारमा सुशासन प्रवर्द्धनका कार्यहरू अघि बढाएको स्पष्ट पार्नुभएको हाे ।

    एक वर्षे उपलब्धिहरूको विवरण बैठकमा सुनाउँदै मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामहरूलाई पार्टी पंक्तिमार्फत जनस्तरमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।`एक वर्षको अवधिमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार निवारणका लागि बनाएको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएका छौं । पूर्व विशिष्ट पदाधिकारीले पाउने सेवा सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पुर्‍याएका छौं´उहाँले भन्नुभयाे-` एक वर्षको अवधिमा प्रदेश गौरवका योजनालाई नयाँ उचाइमा पुर्‍याउन सफल भएका छौं । सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल निर्माण, कालोपत्रे सडक, नयाँ सडक निर्माणमा उपलब्धि हासिल भएका छन् ।´

    सरकारका कामकारबाहीबाट गाउँ र शहर जोडिन पुगेको, किसानले सिंचाइ सुविधा पाएको, स्थानीय उत्पादनले बजार पाएको, शैक्षिक गुणस्तरमा सुधार आएको र पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सफलता प्राप्त गरेको उहाँले उल्लेख गर्नुभयो । एक वर्षे उपलब्धिहरूको विस्तृत विवरण बैठकमा प्रस्तुत गर्नुभएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation