नेपाली युवा उधमी मञ्च द्धारा रक्तदान तथा र स्वास्थ्य चेकजाच

  • बुटवल,२८ साउन ।नेपाली युवा मञ्च रुपन्देही च्याटरलेले अन्तरास्ट्रिय युवा दिवस को अबसरमा रक्तदान तथा रक्त परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी बुटवल प्राविधिक सहयोगमा मकरधाेज अल्ट्रासाउन्ड एण्ड डाडनेस्टिस क्ल्निक प्रा लि मंगलबार बुटवलमा भएको रक्तदानबाट ५१ युनिट रक्त संकलन भएको मञ्चका रुपन्देहीका अध्यक्ष आर्दश श्रेष्ठले जानकारी दिए ।‘ रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको हो’, उनले भने, ‘आगामी दिनमा निरन्तरता दिँदै जानेछ । यही क्रसममा रक्तदान जस्तो पवित्र कार्यक्रम गर्न पाउँदा खुशी लागेको श्रेष्ठले बताए । युवा उधमी मञ्चले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गरी रगत अभावबाट गुज्रिएका नागरिकको ज्यान बचाउन सहयोग गर्दै आएको बताए । उनले रक्तदानले खासगरी मुटुलाई स्वस्थ बनाइराख्न सहयोग गर्ने र अरुको मुटुको ढुकढुकी कायम राख्न पनि स्वस्थ व्यक्तिले रक्तदान गर्न जरुरी रहेको बताए । रक्तदान कार्यक्रम तीन तीन महिनाको गरिने सयोजक अमन श्रेष्ठले बताए ।
    रक्तदान कार्यक्रमा मञ्चका पूर्व अध्यक्ष तथा सदस्य स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु सहभागी भई रक्तदान गरेको राहुल कसौधनले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation