रवि लामिछानेलाई थुनामै राख्न आदेश

  • बुटवल ,२६ साउन ।रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ ।
    सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरेको निवेदनको माग अस्वीकार भएको हो ।सोमबारको पेशीका लागि न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको थियो । दुवैतर्फका कानून व्यवसायीको बसपछि आएको आदेशमा माग बमोजिम नहुने आदेश आएको हो ।
    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८, ६९, ७१, सहकारी ऐन २०७४ को दफा १३१ (क) तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त समेतका आधारमा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८, ६९ २७१ बमोजिमको आदेश जारी गरी पाऊँ भनी निम्न निवेदन दिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation