मर्चवारीमा जेहेन्दार विद्यार्थी लाई साईकल वितरण

  • मर्चवार,२६ साउन । रुपन्देहीको मर्चवारी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (१२) मा सामूदायिक र धार्मिक विद्यालय (मदरसा) बाट सब भन्दा धेरै अंक ल्याउने उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले सोमवार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो ।२०८१ सालको १२ परीक्षामा मर्चवारी गाउँपालिकाभित्र रहेका सामूदायिकबाट श्री मतिमनराजी देवी मा.वि. का कृष्ण मोहन कुर्मी ३.४८ GPA , ठर्की मा.वि. का प्रीति कुर्मी ३.४२ GPA र जनता मा.वि. अोडवलिया का प्रिया मुराव तिन जना विद्यार्थी सब भन्दा धेरै अंक ल्याई उत्तीर्ण भएको विद्यार्थी हरुलाई साईकल वितण गरेको गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनुभयो । उहाँले आगामी दिनमा पनि साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । ‘विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र अध्ययनतर्फ थप प्रेरित गर्ने उद्देश्यले साईकल वितरण गरिएको हो, ’उहाँले भन्नुभयो ।
    अघिल्लो वर्षहरु भन्दा यस वर्ष सामूदायिक विद्यालयको नतिजामा सुधार आएको उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक र गाउँपालिकालाई मात्र दोष दिएर नहुने र सुधारका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह गाउँपालिका विद्यार्थीहरुको साथमा रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख हरि चन्द बरईले शिक्षा क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका लागिपरेको बताउनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation