
बाणगंगा,२४ साउन । नेपाल लायनस डे अवसरमा क्यान्सर पिडित बालबालीकालाई आर्थिक सहयोग गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि अन्तर्गत रहेको जोन २२ का चार लायन्स क्लबहरूको संयुक्त आयोजनामा बाणगंगा नगरपालिका–१, बैरिया निवासी एकै परिवारका दुई बालबालिकालाई आर्थिक सहयोग गरेको हो ।
लायन्स क्लब अफ कृष्णनगर, लायन्स क्लब अफ कपिलवस्तु,लायन्स क्लब अफ दिदीबहिनी र लायन्स क्लब अफ कपिलवस्तु स्टारको संयुक्त आयोजनामा कक्षा ८ मा अध्ययनरत ब्लड क्यान्सर बालिका खुश्बु बढई र कक्षा ९ मा अध्ययनरत उनका दाजु अभिषेक बढईको उपचारका लागि सहयोग प्रदान गरिएको हो। आर्थिक अवस्था कमजोर भएकोले औषधि उपचारमा सहयोग होला भन्ने उद्देश्यले सहयोग गरेको लायन्स क्लब कृष्णनगरका सन्तोष गैरे बताउनुभयो
कार्यक्रममा बोल्दै प्रमुख अथिति जिएटी युथ कोडिनेटर सुरेन्द्र घिमिरेले सहभागी सबै सहयोगी लायन मनहरूलाई आयोजक क्लबहरूले हृदयदेखि आभार व्यक्त गर्नुभएको थियो। सामाजिक कामप्रति यो साह्रै सराहनीय काम भएको बताउनु भएको थियो। क्यान्सरबाट ग्रसित भएपछि उनिहरुको उपचारका लाखौं धनराशी खर्च भइसकेको छ । भएको धनसम्पत्ति समेत उपचारमा खर्च भएपछि अहिले उनको उपचारमा समेत आर्थिक समस्या भएको छ । उपचारका लागि अन्य संघ–संस्थाको समेत आवश्यकता रहेको बताउनुभयो । रकम हस्तारण कार्यक्रमा डिष्ट्रिक को चिफ एडभाइजर दिनेश चन्द्र गुप्ता, जोनचेयपर्सन ओम प्रकाश घिमिरे लायन्स क्लब अफ कपिलवस्तु अध्यक्ष नारायण प्रसाद पौडेलले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।