शंखरनगरमा कर्नर टेकद्वारा विद्यालयलाई वेबसाइट हस्तान्तरण कार्यक्रम सम्पन्न

  • बुटवल,२२ साउन । तिलोत्तमा नगरपालीका १ शंखरनगरस्थित श्री दुर्गादत्त माध्यमिक विद्यालयमा कर्नर टेकको दोस्रो वार्षिकोत्सवको अवसरमा वेबसाइट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

    कर्नर टेकका प्रमुख कार्यकारी अधिकृत रमित न्यौपानेले विद्यालयलाई वेबसाइट हस्तान्तरण गर्दै न्यौपानेले भन्नुभयो“हामी एक्लै डिजिटल हुनु हुदैन, सबैलाई समेटेर अगाडि बढ्नुपर्छ। डिजिटलाइजेसनको सुरुवात विद्यालयबाटै हुनुपर्छ र त्यो हामीले नै गर्नुपर्छ भन्ने उदेश्यका साथ आज हस्तारण गरेको बताउनुभयो ।उहाँले थप भन्नुभयो कि आफैंले १५ वर्षको उमेरमा सुरुवात गरेको कम्पनी आज यो स्थानसम्म आइपुगेकोमा गर्व र खुसी लागेको छ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चण्डी पाण्डेले यो कार्यलाई ऐतिहासिक कदमको संज्ञा दिँदै भन्नुभयो, “यसले विद्यालयको पठनपाठन प्रणालीमा समेत सुधार ल्याउनेछ र विद्यार्थीलाई डिजिटल युगसँग तालमेल गर्न सहयोग पुर्‍याने बताउनुभयो ।
    उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्नर टेक टिमको उपस्थिति रहेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation