नेपाली युवा उद्यमी मञ्चद्धारा कार्यशाला आयोजना

  • बुटवल,१९ साउन । नेपाली युवा उद्यमी मञ्च रुपन्देही र कोरियानेपाल बहुप्राविधिक शिक्षालय बुटवल १२ तामनगरका विचमा विगतमा भएको एक बर्षे सम्झौता बमोजिम कार्याशाला कार्यक्रम आयोजना गरिएको छ ।
    युवाउद्यमी मञ्च का अध्यक्ष आर्दश श्रेष्ठ ले दुई संस्थाबीच दीर्घकालीन सहकार्य, स्रोत तथा सीपको आदान–प्रदान, र पारस्परिक हितमा आधारित कार्यक्रमहरूको विकास र सञ्चालनलाई संस्थागत रूपमा अघि बढाउनको लागि कार्याशाला आयोजना गरिएको बताए ।
    कार्याशालामा मा भुसाल ग्रुप का प्रबन्धक अकिंत भुसाल, ३६ रिभरसाईड प्रबन्धक कुशल आर्चाय, मालीका गामेन्ट प्रबन्धक अनिस कसौधनले विद्यार्थीहरूका लागि इन्टर्नसिप र रोजगारीका अवसरहरू सिर्जना गरिने, स्रोत र अनुभवको साझा प्रयोगबाट शैक्षिक गुणस्तरमा अभिवृद्धि विषयमा जोड दिएका थिए ।
    उद्योग भ्रमण, कार्यशाला, अतिथिबाट प्रबचन सहित ज्ञानमूलक कार्यक्रमहरू शैक्षिक क्षेत्र र उद्यमशीलता क्षेत्रबीचको दूरी न्यूनीकरण गरी व्यवहारिक ज्ञान र व्यवसायिक अवसरहरू बारेमा कार्यशालामा जोड दिइएको थियो ।
    शैक्षिक संस्था र उद्यमशीलता बीचको दूरीलाई नजिक ल्याउने मात्र नभई, युवापुस्तालाई उद्यमशील सोच र व्यवहारिक सीपमा सशक्त बनाउने दीर्घकालीन योगदान पु¥याउने विश्वास समेत गरिएको छ ।
    संस्थागत विश्वास, आपसी सम्मान, र पारदर्शी सहकार्यका आधारमा अघि बढाइएको यो साझेदारी भविष्यमा थप प्रेरणादायी अभ्यासको उदाहरण बन्नेमा दुवै पक्ष आशावादी रहेको युवा उधमी मञ्चका अध्यक्ष आर्दश श्रेष्ठले बताए ।
    कार्यशालामा कोरिया नेपाल बहु प्राविधिक शिक्षालय बुटवलका प्रीन्सीपल नविन किसोर गैरेले युव उद्यमी मञ्च संगको सहकार्य आफैमा महत्वपूर्ण रहेको बताएका थिए । कार्यक्रममा विभिन्न सामाजिक क्लवका प्रमुख तथा सदस्यहरु र युवा उद्यमी मञ्चका पाधाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation