
बुटवल १८ ,साउन । लायन्स क्लब अफ पाल्पा रानिमहलले क्यान्सर पीडितलाई सहयोग गरेको छ । पाल्पा निवासि विन्दु पाण्डे क्षेत्रीलाई क्लबले एक कार्यक्रमको आयोजना गरि रु ३८ हजार १ सय तिस रुपैया विन्दु पाण्डेको श्रीमानलाई नगद हस्तारण गरेको क्लबका अध्यक्ष तुल वहादुर अधिकारी बताउनु भयो ।
। क्यान्सर पीडित पाण्डेको आर्थिक अवस्था कमजोर भएकोले औषधि उपचारमा सहयोग होला भन्ने उद्देश्यले सहयोग गरेको अधिकारी बताउनुभयो । अध्यक्ष अधिकारीले सामाजिक काममा सधैं अगाडि बढ्ने हाम्रो लक्ष्य नै भएको जानकारी दिनुभयो। कार्यक्रमको संयोजक तथा तृतिय उपाध्यक्ष विष्णु पौडेलले क्लबले सदस्यहरु तथा सामाजबाट उठेको रकम क्यान्सर पीडित लाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
क्यान्सरको उपचार महँगो हुने भएकोले आगामी दिनमा पनि सहयोगी हातहरूबाट आर्थिक सहयोग गर्ने क्लबलेले जनाएको छ । कार्यक्रममा
क्लबका पूर्व अध्यक्ष तथा क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो।
पाण्डेको उपचारका लागि अन्य संघ–संस्थाको समेत आवश्यकता रहेको क्लबका सौरभ श्रेष्ठले बताउनु भयो ।