यु.सि.यम.यस. भैरहवाको ‘दिक्षान्त समारोह २०२५’ सम्पन्न

  • भैरहवा,१८ साउन । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाकोे ‘दिक्षान्त समारोह २०२५’ (Convocation Ceremony 2025)एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस. को प्रमुख आथित्यतामा समन्न भएको थियो । समारोहमा प्रमुख अतिथी पि.एस.ले आजका चिकित्सकहरु भोलिका लागि राष्ट्रका गहना भएको, मानव जीवनमा चिकित्सकलाई ईश्वरको अर्को रुपमा व्याख्या गरिने भएकोले व्यवसायिक मात्र नभएर व्यवहारिक, मानविय र सामाजिक हुन पनि आग्रह गर्नुभएको थियो ।
    यु.सि.यम.यस., शिक्षण अस्पतालमा अध्ययनरत २१औं ब्याज एम.बि.बि.एस र १८औं ब्याज बि.डि.एस का कुल ११४ जना विधार्थीहरु सो समारोहमा दिक्षित भएका थिए । समारोहमा यु.सि.यम.यस., शिक्षण अस्पतालका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकले विधार्थीहरुलाई सपथ गराएका थिए भने उनीहरुले आफ्नो जीवन चिकित्सकिय पेशामा पुर्णरुपमा निष्ठापुर्वक जिम्मेवार भएर समर्पित रहने भनी सपथ समेत खाएका थिए । कार्यक्रममा यु.सि.यम यस, शिक्षण अस्पतालका सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, इन्टर्नसिप कोअर्डिनेटर सह–प्रा.डा.रमेशराज विष्ट, प्रा.सन्जित कर, प्रा.डा.दिपक यादव, डा.जिज्ञाशा सुवेदी, प्रमुख वित्त अधिकृत सुरज पौडेल, सहायक प्रशासक प्रेमा गुरुङ्ग, प्रशासन संयोजक तेज कुमार के।सी। लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।
    समारोहमा दिक्षित विधार्थीहरुलाई प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखीले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन दिक्षा थडराई, अनिमेष चौधरी, खुशी तिवारी र फिजा रानाले गरेका थिए । कार्यक्रममा विधार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत उपस्थितिलाई भरपुर मनोरञ्जन गराएका थिए । वि.सं.२०५४ मा स्थापित यस यु।सि।यम।यस।, शिक्षण अस्पतालले आ.व. २०८०/८१ को तथ्याङ्ग अनुरुप हालसम्म एम.बि.बि.एस.मा २,१६३ जना र बि.डि.एस.मा ७१३ जना गरी कुल २,८७६ जना चिकित्सकहरु दिक्षित गरिसकेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation