तनहुँमा यात्रुवाहक बस दुर्घटना

  • तनहुँ,१८ साउन । तनहुँमा आइतबार दिउँसाे यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ
    त्यसमध्ये गम्भीर २ घाइतेलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ ।
    आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँ जनाएकाे छ । ।
    प्रहरीका अनुसार नारायणगढबाट गोर्खातर्फ जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खसेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation