
बुटवल, १७ साउन । नेपाली युवा उद्यमी मन्च रुपन्देहीले शुक्रबार मणिग्राम मा शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरेको छ । संघिय संसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले युवा उद्यमी हरुलाई शैक्षिक उद्यमशील सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ । युवाहरुलाई व्यावहारिक रुपमा रुपान्तरण भएर उद्यमशील बन्न स्वदेशमै उत्पादित वस्तुहरुको उत्पादकत्व बढाएर उद्यमशीलता विकासमा जोड दिदैँ स्वदेशी पहिचान जोगाउनु महत्वपूर्ण रहेको र सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान, सिप दिन पनि उत्तिकै आवश्यक रहेको बारेमा प्रशिक्षण दिएका थिएन । युवाहरु सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण उपयोग गर्ने वातावरण निर्माण गरी उनीहरूलाई सर्वाङ्गीण विकास र सशक्तिकरणमा केन्द्रित गर्नुपर्छ । राष्ट्रिय विकासमा युवा सहभागिता अभिबृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण तयार गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गरिने भन्ने संवैधानिक व्यवस्था रहेको बताइन ।
कार्यक्रमा नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष आर्दश श्रेष्ठ, युवा उधमी मञ्च का केद्रीय सदस्य कृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमोद मान
शैजु,प्रदिप शाक्य,उमेश अमात्य, निरज लाकौल,सन्देश श्रेष्ठ, निबर्तामान अध्यक्ष रिसव वझा लगाएत सदस्यहरु उपस्थीत रहेको थियो । सो कार्यक्रमा ११ जना नयाँ सदस्यहरलाई प्रमाणपत्र दिइएको राहुल कसौधनले बताए ।