लायन्स पाल्पा मान्डव्यद्वारा वृक्षरोपण

  • बुटवल ,१६ साउन ।लायन्स क्लब अफ पाल्पा मान्डव्य द्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । तानसेन नगरपालीकाको दामकडा स्थित मान्डव्य पार्क परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लायन्स इन्टरनेशनको ग्लोबल कज अन्र्तगत वातावरण संरक्षण, हरियाली विस्तार तथा समुदायमा वृक्षारोपणको महत्वबारे जनचेतना फैलाउने उदेश्यका साथ वृक्षारोपण गरिएको क्लबका अध्यक्ष गोविन्द भण्डारीले बताए । अध्यक्ष भण्डारीले वातावरणलाई स्वच्छ, सफा र हराभरा तुल्याउन रोपेको रुख बिरुवालाई हुर्काउने दायित्व उत्तिकै रहनेको बताए ।
    सोही अवसरमा बोल्दै तानसेन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले पार्क क्षेत्रलाई सफा, सुरक्षित र रमणीय बनाउनु सबैको साझा दायित्व भएको बताए । उहाले वातावरण संरक्षणका लागि युवाको सक्रियता सुखद रहेको बताए ।
    वृक्षरोपण कार्यक्रममा कपुर,कल्की लगायतको बिरुवा रोपिएको संयोजक सुरेश कुमार भट्राईले जानकारी दिए ।
    वृक्षरोपण कार्यक्रमा पुर्व अध्यक्ष लगायत सदस्य तथा स्थानीय समाजसेवी सहितको उपस्थिति रहेको थियो। मान्डव्य पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने क्लबका सचिव सुरेश कुमार न्यौपाने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation