
बुटवल ,१६ साउन । लायन्स क्लब अफ कृष्णनगरको आयोजनामा बाणगङ्गा नगरपालिका–८ स्थित मधुवनधाम परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न ।
हरित वातावरण, स्वच्छ जीवनू भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरियाली विस्तार तथा समुदायमा वृक्षारोपणको महत्वबारे जनचेतना फैलाउने रहेको क्लबका संस्थापक अध्यक्ष तथा को चिफ एडभाइजर दिनेश चन्द्र गुप्ताले बताए।
अध्यक्ष सन्तोष गैरेले वृक्षरोपण कार्यक्रम पवित्र कार्य भएको बताउँदै यसलाई लायन्स बाटिकाको कन्सेप्टमा लैजान र वातावरणलाई स्वच्छ, सफा र हराभरा तुल्याउन रोपेको रुख बिरुवालाई हुर्काउने दायित्व उत्तिकै रहनेको बताए ।अध्यक्ष गैरेले वृक्षरोपणजस्ता वातावरणमैत्री गतिविधिमा सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नु भयो। कार्यक्रमा पुर्व अध्यक्ष अस्लम खान, बिजय गुप्ता,अनिल कुमार लगायत सदस्य तथा स्थानीय समाजसेवी बिष्णु प्रसाद न्यौपाने, बेदराज नेपाली, मोहन प्रसाद अधिकारी ,राजेन्द्र अर्याल सहितको उपस्थिति रहेको थियो।
मधुवनधाम परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने क्लबले जानकारी दिएको छ।