सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

  • धनगढी,१५ साउन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् ।
    नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । नाउपाकै कारण विश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले विश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation