लायन्स कपिलवस्तुको आयोजनमा ह्वीलचियर वितरण र पोषणयुक्त खाद्यन्न प्रदान

  • बुटवल,१३ साउन– लायन्स क्लव अफ कपिलवस्तुको आयोजानमा ह्वीलचियर प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी कपिलवस्तुमा एक कार्यक्रमको आयोजना गरी ह्वीलचियर प्रदान गरिएको हो कार्यक्रम संयोजक महेन्द्र भुषालले जनाकारी दिए । कार्यक्रममा जोन २२ का जोन चियर पर्सन ओम प्रकाश घिमिरे, क्लवका अध्यक्ष नारायण प्रसाद पौडेल, सचिव सुदिप भट्राई लगायतको सहभागीतामा लियो क्लव अफ कपिलवस्तुका पिआरो सविन रणापालका हजुर आमा को शारररिक रुपमा अशक्त भएको कारण ह्वीलचियर प्रदान गरिएको हो ।
    यसैविच क्लवले बाणगंगा नगरपालिका वडा नम्बर १ उत्तमनगर मा लायन्स क्लव अफ कपिवस्तुका महेन्द्र भुषालको छोरीको जन्मदिनको अवसरमा न्युन आय भएका महिलाहरुलाई खाद्यान्न वितरण गरिएको छ । कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष लक्ष्मी बहादुर खत्री, क्लवका अध्यक्ष नारायण प्रसाद पौडेल, सचिव सन्दीप भट्राई लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation