लायन्स बुटवल लोटसद्धारा निलकन्ठधाम माभोजन कार्यक्रम सम्पन्न

  • बुटवल,१३ साउन । लायन्स क्लव अफ बुटवल लोटसद्धारा बुटवल दिपनगर निलकन्ठधामा बुटवलमा खाद्यान्य वितरण गरिएको छ ।
    कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्ले लायन्स इन्टरनेशनल ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत खाद्यान्य वितरण गर्ने कार्यक्रम रहेको क्लवकी अध्यक्ष प्रिति श्रेष्ठले बताउनु भयो ।
    कार्यक्रमा बोल्दै प्रमुख अतिथि लायन्स ईन्टनेशनलका ३२५ पि का डिष्ट्रिक गभर्नर बालाराम भट्राईले लायन्स क्लवले काम नै सेवा गर्नु हो भन्दै मानव भएर जन्मेपछि मानवीय सेवा गर्नुपर्ने बताउनु भयो । उहाँले कर्म नै पूजा भएको बताउनु भयो । आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्ने लायन्सको मान्यता अनुसार लायन्सले मानवीय सेवा गर्दै आयको र लायन्स लोटसबाट अरु क्लबले पनि केही गर्ने प्रेरणा प्रदान हुने बाताउनु भयो । तेस्तै कार्यक्रमा रिजनचेयर्पन,जोनचेयपर्सन तथा क्लबका पूर्व अध्यक्ष र सदस्यहरुको सहभागीता रहेको थियो ।खाद्यान्यकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भनि हन्गर रिलिप कार्यक्रम मार्फत फलफुल ,खिर र दही लगाएत  ४० जना विधार्थीहरुलाई खाद्यान्य वितरण गरिएको सयोजक कविता ज्ञवालीले जानकारी दिनुभयो।सचिव प्रतिमा कण्डेल बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation