
बुटवल ,१३ साउन। लायन्स क्लब अफ बुटवल लोटसद्धारा क्यान्सर पीडितलाई सहयोग गरेको छ ।
तिलोत्तमा नगरपालिका २ निवासि क्यान्सर पीडित देवि न्यौपानेलाई क्लबले एक कार्यक्रमको आयोजना गरि ५० हजार ५ सय नगद सहयोग गरेको क्लबका अध्यक्ष प्रिति श्रेष्ठ जानकारी दिनुभयो । क्यान्सर पीडित न्यौपानेको आर्थिक अवस्था कमजोर भएकोले औषधि उपचारमा सहयोग होला भन्ने उद्देश्यले सहयोग गरेको श्रेष्ठ बताउनुभयो । कार्यक्रमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पि का द्धितिय भ्वाइस गभर्नर मिना पन्थीले क्लबले क्यान्सर पीडितको लागि सहयोग गरेको छ । सामाजिक कामप्रति यो साह्रै सराहनीय काम भएको बताउनु भएको थियो। अध्यक्ष श्रेष्ठले सामाजिक काममा सधैं अगाडि बढ्ने हाम्रो लक्ष्य नै भएको जानकारी दिनुभयो।
कार्यक्रमको संयोजक विष्णु पन्थी अर्यालले क्लबले सदस्यहरुबाट उठेको रकम क्यान्सर पीडित लाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
क्यान्सरको उपचार महँगो हुने भएकोले आगामी दिनमा पनि सहयोगी हातहरूबाट आर्थिक सहयोग गर्ने क्लबलेले जनाएको छ । कार्यक्रममा
जोनचेयरर्पन शुसिला अर्चाय क्लबका पूर्व अध्यक्ष तथा क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो।
भएको धनसम्पत्ति समेत उपचारमा खर्च भएपछि अहिले उनको उपचारमा समेत आर्थिक समस्या भएको छ । न्यौपानेको उपचारका लागि अन्य संघ–संस्थाको समेत आवश्यकता रहेको क्लबका सचिव प्रतिमा कण्डेल बस्यालले बताउनु भयो ।