
बुटवल,१० साउन । रोटरी क्लब अफ रुपन्देहीको १४ औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रबार एक समारोह बीच क्लबको चौधौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका हुन् ।
पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल –भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा क्लबका वर्तमान अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।पदस्थापनसमारोहमा वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २५/२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्याम्मर हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष कृष्ण गौतमलाई राेटरीकाे कल्लर लगाइिदएका थिए । कल्लर ग्रहण पश्चात क्लवका अध्यक्ष गौतमले क्लबको नियमित ६१७ओ बैठक आह्वान गर्दै सञ्चालन गरेका थिए ।
समारोहमा वर्तमान अध्यक्ष कृष्ण गौतमले बर्ष २०२५/२६काे बाेर्डलाइ पिरिचत गराउदै सफत ग्रहण गराएका थिए । त्यस्तै क्लवका निर्बतमा अध्यक्ष प्रमाेद पन्थिले वर्ष २०२४/२५मा गरेका कार्यहरूकाे प्रकास पार्दै बर्ष २०२४/२५मा बिशेष सहयाेग गर्ने सदस्यहरूलाइ सम्मान समेत गरेका थिए ।
सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरुलाई सुझाब दिएका थिए । कार्यक्रममा विशिष्ठ अतिथि तथा कलवका एसाइन एसिस्टेन्ट गर्भरनर दिनेश सुवेदी तथा क्ल्वका संस्थपक अध्यक्ष राजेन्द्र सुबेदीले शुभकामना ले शुभकामना व्यक्त गर्दै क्लबको विगतका साकारात्मक अभ्यासहरुलाई निरन्तरता दिँदै थप सिर्जनशिल भएर लाग्न आग्रह गरे ।
पदस्थापन समारोहमा पत्रकार डि.बी. सुस्लिङलाई क्लवले प्रदान गर्दै आएको रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको थियो । क्लवका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्व. हजुरबुबा केशवराज भुसाल र हजुरआमा हिमादेबी भुसालकाे स्मृतिमा क्लवले प्रदान गर्नेगरी स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । उक्त पुरस्कार यस अघि क्लबले बुटवलकी पत्रकार भगवती पाण्डेयलाइ प्रदान गिरएकाे थियाे ।
सो अवसरमा पुरस्कारका संस्थापक क्लबका पूर्व अध्यक्ष गौतम भुसालले क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा विशेष कलम चलाउने एकजना पत्रकारलाई हरेक वर्ष रू. १११११ रूपैया नगद तथा प्रमाण पत्र सहित सम्मान गरिँदै आएको बताए । पुरस्कार रकमलाई समेत क्रमशः वृद्धि गरिने उनले उल्लेख गरे ।
क्लबका प्रेसिडेण्ट नाेमिनि तथा कार्यक्रम संयाेजक बिक्रम रिजालकाे स्वागत मनतब्य तथा क्लवका पूर्व अध्यक्ष देवानन्द पान्डेकाे धन्यवाद ज्ञापन रहेकाे समाराेहकाे संचालन बर्ष २०२५/२६ का सचिव ओम बहादुर खत्रीले गरेका थिए ।
क्लव तिलाेत्मा क्षेत्रलाइ मोयनजर गरी यसै क्षेत्रका विभिन्न पेशा व्यवसायमा संलग्नहरूकाे सक्रिएतामा सन २०१०मा स्थापना