राजनीतिक दलहरू मिसन ०८४ को एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने एजेण्डा बन्नुपर्ने : अध्यक्ष ढकाल

  • काठमाडौँ,८ साउन। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार काठमाडौँमा आयोजित राइजिङ नेपाल समिट २०२५ को अवसरमा राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने कुरा हुनुपर्ने बताएका छन् । राजनीतिक दलहरू मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरूको एजेण्डा बन्नुपर्ने बताए । उनले राजनीतिक दलहरूले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नु भन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation