
रामपुर ,६ साउन । रामपुर नगर सरकारले युवालाई लक्षित गरेर आफ्नो गाउँ ठाउँमा उद्यमी गर्नेलाई बिना धितो बिना व्याजमा वित्तीय संस्था बाट कर्जा बापत ५० हजार देखि ३० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउदै आयको छ । नगर क्षेत्र भित्रका १ सय ५ जना पूर्ण रूपमा लाभान्वित भएका छन् ।
रामपुर नगरका कृष्ण कुमार अर्याल जिल्ला मै सबै भन्दा धेरै भैँसी पालन गर्ने कृषक हुन् । उनी गत वर्ष फर्म व्यवस्थापनका लागि ऋण लिन बैङ्क तथा वित्तीय संस्थामा जग्गाको लालपुर्जा लिएर जानै परेन । उनलाई आवश्यक परेको २० लाख रुपैयाँ बिना व्याजमा सहज रूपमा नगर सरकारको सिफारिसको आधारमा ऋण पाए ।
सदियौँ देखि तरकारी खेतीलाई आफ्नो जिवीकोपार्जन मुख्य माध्यम बनाएका गंगा प्रसाद बस्याललाई थप खेती बिस्तारको लागि लगानी थिएन । सात रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका बस्यालले यतिखेर १५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । स्थानीय सरकारले थप क्षेत्रफलमा खेती बिस्तारको लागि बिना व्याजमा कर्जा उपलब्ध गराएका कारण उनी यतिखेर व्यवसायीक तरकारी खेतीमा रमाएको बत्ताउँछन्
वैदेशिक रोजगार तर्फ आकर्षण बढेका बखतमा रामपुर नगर सरकारले वैदेशिक रोजगारको विकल्पमा उद्यमी विकास कार्यक्रम ल्याएपछि युवाहरूको वैदेशिक रोजगार तर्फ मोह न्यून हुँदै उद्यमी विकास कार्यक्रम तर्फ आर्कषीत हुँदै गएको हो ।प्रवाह मल्ल घरायसी खर्चको व्यवस्थापनको लागि वैदेशिक रोजगारको लागि कतार पुगेको बताउँदै विदेशमा पनि कहाँ सुख छ र रु घर फर्किए पछि नगर सरकारको सहयोग भयो । त्यही सहयोग बाट पूर्वाधार निर्माण गरी २ हजार भन्दा बढी कुखुरा पालन गरेको उनी बत्ताउँछन् ।ठुलो लगानी गरी विदेशको राप र तापमा रगत र पसिना बगायो ।
ऋण तिर्न नसकेको हुन्छ त्यो भन्दा यही नै यही व्यवसायले आफूलाई विदेशमा भन्दा ठुलो सन्तुष्टि मिलेको उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले वितरण गर्ने अनुदानमुखी कार्यक्रम भन्दा स्थानीय सरकारको यो कार्यक्रम निकै प्रभावशाली भयो । विदेशी भूमि बाट प्रविधि हासिल गरेका व्यवसायीक बाख्रा पालन कृषक नारायण प्रसाद भण्डारी भन्दछन् ।
व्यवसाय गर्ने सोंच इच्छा भएकाहरूका लागि नगर सरकार साँच्चि नै अभिभावक भएको छ । कृषि पशुपालन , व्यापार व्यवसाय गर्नेहरूका लागि लगानी भएन भनेर आत्तिनु नपर्ने भयो । स्थानीय सरकारले आफ्नो कर्तव्य पुरा गरेको उनले बताए ।
पछिल्ला वर्षहरूमा यहाँ केही हुँदैन भन्ने मानसिकता विकास भयो । कमै नगरी हुँदैन भन्ने धेरै भए ।काम गर्ने कम भए । यहाँ कृषि पशुपालनको सम्भावना रहेको छ । व्यवसायिक रूपमा भैँसी पालन गरेका कृष्ण कुमार अर्याल जिल्ला मै सबै भन्दा ठुलो भैँसी फर्म सञ्चालन गरेको बताउँदै भनी भन्दछन् पैसा त यही हावामा उडेको छ ।
समाउन जानु प¥यो । दुई वटा भैँसी पालेर दूध बिक्री गर्दा एउटा परिवारको राम्रो आम्दानीको बाटो हुने उनी आफ्नो अनुभव सुनाउँछन् । डिल बहादुर थापा जिल्ला कै उत्कृष्ट फूल खेतिका कृषक हुन् । फूल खेती गरिनु भन्दा पहिला वैदेशिक रोजगारका निम्ति सात समून्द्रपारी पुगेको बताउँदै वैदेशिक रोजगार बाट फर्किए पछि फूल खेतीको थालनी गरेपछि नगर सरकारको व्याज अनुदान कार्यक्रमले आफूलाई थप सहयोग भएको यस व्यवसायमा आफूलाई थप जिम्मेवारी बनाएको बताउँछन् ।
नगर सरकारका प्रमुख रमण थापा भन्दछन् युवाको मोह वैदेशिक रोजगारी तर्फ भयो । युवा जनशक्तिको श्रोतलाई स्वदेश मै उपयोग गर्नु पर्दछ । युवाको पनि अभिभावक बन्नु पर्दछ भन्ने उद्देश्यले युवालाई लक्षित कार्यक्रम ल्याइएको हो । यस कार्यक्रममा विदेश बाट फर्किएका युवा सहित राजधानी बनाएका युवा पनि कार्यक्रममा सहभागी हुँदा वैदेशिक रोजगारीको मोह घट्दो अवस्थामा रहेको उनले बताए ।
युवा लक्षित कायक्रमका संयोजक तथा कृषि शाखाका प्रमुख नारायण गैरे भन्दछन् । तरकारी, कुखुरा,बगुर बाख्रा भैँसी मौरी पालन व्यवसायमा नगर सरकारले कार्यविधि नै तयार गरेर प्रस्ताव अनुसार सिफारिस गरिनेछ । कार्य विधि अनुरूप १ सय ५ जना उद्यमीहरूका लागि १ करोड २२ लाख ६३ हजार ३ सय ७० रूपैयाको वित्तीय संस्थालाई व्याज बुझाउने गरेको छ ।
लुम्बिनी प्रदेश मै नयाँ र नौलो कार्यक्रम हो । यसका लागि प्रदेश सरकारले पनि स्थानीय सरकारका लागि थप आकर्षक सहयोग गरेको खण्डमा कार्यक्रम थप प्रभावकारी बन्ने र यही नै रोजगारीको अवसर सिर्जना हुने पशु स्वास्थ्य विद हुमनाथ अर्याल भन्दछन् ।