
बुटवल ५ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा शैक्षिक सामग्री वितरण गरेको छ । बुटवल उपमहानगरपाली वडा न ३ ज्योतिनगरमा रहेको जनज्योति आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । क्लवका पुर्व अध्यक्ष तथा जोन चेयपर्सन विजय कमार बर्नवाल जन्मउत्सवको अवसरमा कापी, खेलौना,किताब, बल, झोला, सहित अन्य खेलकुद जन्य सामग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष राजन जिसीले जानकारी दिए । कार्यक्रममा बुटवल उपमहानगरलिका ३ वडा अध्यक्ष विष्णु ढकालले बोल्दै क्लवले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत विद्यालयमा सहयोग गरेकोमा हार्दिक धन्यावाद तथा आभार व्यक्त गरे । विद्यार्थीहरुकोको शैक्षिक विकासका लागि जन्मदिनको खर्च कटाएर केही विद्यार्थीका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको विजय कुमार बर्नवालले बताए । भने विद्यार्थीको शैक्षिक उन्नतीको लागी केही खर्च गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो । ‘हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं उनले भने, हरेक सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग गर्ने छु । ’ उनले भने । सोही अवसरमा उनले आगामी दिनमा स्कुलको भौतिक, शैक्षिक सुधारका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाए । जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको र न्यून आर्थिक अबस्था भएका बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेको अध्यक्ष जिसिले बताए ।
कार्यक्रममा डिष्ट्रिक, जिएष्टी कोअर्डीनेटर आशिषकृष्ण श्रेष्ठ, डिस्ट्रीक चिफ दिपक भट्रराई विद्यालय व्यवस्थापन समिती सदस्यहरु टक बहादु गुरुङ्ख,विना राना ,पुना विटालु ,शि अ स अध्यक्ष विष्णु कुमारी केसी , शि अ स सदस्य धनिसरा पन्थी , शि अ स सदस्य युनिशा घले , अभिभावक धनमाया गुरुङ्ख शिक्षकहरु मिना भट्टराई ,रेखा बस्नेत गोमा गुभाजु तथा क्लबमा विभिन्न पधाधिकारीको उपस्थितमा हस्तारण गरिएको सयोजक छविन्द्र भट्रराईले बताए ।