लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि को जिएसटि पहिलो बैठक सम्पन्न

  • बुटवल,५ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि को जिएटि टिम अन्र्तरगत जिएटि बर्ष २०२५/०२६ को पहिलो बैठक सम्पन्न भएको छ । बुटवलमा आइतबार पूर्ण बैठकले बार्षिक कार्यायोजना ,तयारी र रणनीतिक योजना बनाउन बैठक बसेको हो । बैठकले लायन्स क्लबको सामाजिक उदेश्यलाई थप आमनागरिक समक्ष लैजाने ,लायन्सको अभियानमा जोडिने नागरिकको संख्यामा बृद्धि गर्ने र क्लबको संख्या बढाउने निर्णय गरेको छ । बैठकमा जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ को अध्यक्षतामा सम्प्नन भएको थियो । जिएसटि कोडिनेटर श्रेष्ठले डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईको बर्ष २०२५/०२६लाई कसरी समाजमा सामजीक कार्य तथा गर्भनर नारा लायन वर्ष को मूल नारालाई हेप्पी हट्स ,हेल्पीङ हेन्ड्स अर्थात् ‘ खुसी मन – सहयोगी हातहरू’ भन्ने आत्मसाथ गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। भन्ने मुल नारासहित नेतृत्वमा हुनुपर्ने गुणबहुआयमिक हुन्छ र एउटा लायन्समा नेतृत्वदायी गुण विकास गर्न यसका धेरै क्षेत्रहरूको ज्ञान हुन आवश्यक छ। इन्भाईरमेन्ट,युथ र मेन्टल हेल्थ तथा बिगत देखि गरिआएको कार्यक्रम ग्लोबल कष्ट अन्र्तगत डाईबेटिज, हंगर, भिजन, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयमा क्लबहरूलाई सामाजिक क्षेत्रमा आगामी दिनमा अझ प्रभावकारी गतिविधिहरू गराउने विषयमा पदाधिकारीबीच छलफल गरेका थिए ।
    कार्याक्रमा अतिथि डिस्ट्रीक को चिफ सिता भट्रराई, सिनियर डिस्ट्रीक एड्भाइजर शान्ति पाठक पाण्डे, सिनियर डिस्ट्रीक एड्भाइजर प्रमोद कसजु,डिस्ट्रीक एड्भाइजर सुरेश चन्द्र भट्रराई ,डिस्ट्रीक चिफ दिपक भट्रराई ,डिस्ट्रीक डेपुटी चिफ लक्ष्मी अधिकारी,एरिया ३ चिफ कृष्ण प्रसाद पाण्डे,एरिया ५ चिफ प्रशान्त मणी रामदाम,एरिया को चिफ रोमनाथ ढकाल, एरिया को चिफ शेस नाराण बस्याल, एरिया सचिब श्रवण खाम्चा,डिस्ट्रीक डिपार्टमेन्ट मेम्बर अनित गुप्ता,डिस्ट्रीक डिपार्टमेन्ट मेम्बर चन्द्र थापा,डिस्ट्रीक प्रोग्राम मेम्बर प्रकास खनाल,डिस्ट्रीक प्रोग्राम मेम्बर निकेश हटुवल उपस्थिति रहेको थियो । एरिया चिफ कृष्ण प्रसाद पान्डेले भावी रणनीतिबारे लायन्सका विभिन्न कार्यक्रम सन्चालन एन्जिल खानले गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation