मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ

  • काठमाडौं, ४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको छ।उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको छ।
    अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका हुन्।
    झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation