
काठमाडौँ,४ साउन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् ।
आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् ।मैले पहिल्यै नवीकरण गरेको छु। अरु काम आधिकारिक च्यानलबाट हुन्छ, सञ्चारकर्मीसँग उनले भनिन्। उहाँसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो, उनले थपिन्।