लायन्स स्टार्सद्वारा विधालय परिसरमा वृक्षारोपण

  • बुटवल, १ साउन। लायन्स क्लब अफ बुटवल स्टार्स तथा लियो क्लब अफ बुटवल स्टार्सको आयोजनामा आज देवदह नगरपालीका ५ केउलीस्थीत श्री सरस्वती आधारभुत विद्यालय परिसमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा शिक्षक, लायन्स सदस्य तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    लायन्स स्टार्सका अध्यक्ष राजन जिसिले आगामी दिनहरूमा पनि वातावरणीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ। क्लबले समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
    कार्यक्रममा पूर्व अध्यक्ष तथा डिष्ट्रिक जिएष्टी कोअर्डीनेटर आशिष कृष्ण श्रेष्ठले वातावरणीय संकटको समयमा वृक्षारोपणको महत्त्व झनै बढेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने बताए । पूर्व अध्यक्ष तथा डिष्ट्रिक सचिव एमएल पाण्डेले सिङ्गो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको बताए ।
    ‘वातावरण प्रदुषणका कारण गर्भमा भएको बच्चाको दिमागमा समेत प्रतिकुल असर पार्ने हुनाले वृक्षारोपण स्वच्छ स्वासप्रश्वासका लागि नभई नहुने एक अपिहार्य काम हो’ बताए । त्यतै कार्यक्रमा एरिया सचिव एन्जील खान, जोन चियर पर्सन विजय बर्नावाल, लियो अध्यक्ष गोविन्द विश्वकर्मालगायत क्लबका सदस्यहरुको सहभागीता को थियो ।
    लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब अफ बुटवल स्टार्सले विधालय परिसरमा फलफूलका बिरुवा, छायाँ दिने बृक्षहरू तथा औषधीय महत्वका बोटहरू रोपिएको सयोजक बिश्वदिप नेपालले बताए ।
    कार्यक्रममा सहभागी लायन्स र लियो क्लब सदस्यहरू प्रति धन्यवाद ज्ञापन गर्दै सचिव पिताम्बर अर्याले कार्यक्रम समापन गरिएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation