रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

  • मानपकडी, ३१ रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ७९ करोड २४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ बराबरको संशोधित बजेट पारित गरेको छ।अठारौं गाउँसभा अन्तर्गत मंगलबार सम्पन्न चौथो बैठकले सो बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। यसअघि असार १० गते गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले प्रस्तुत गर्नुभएको बजेटमा नगद मौज्दात, राजस्व र आन्तरिक आम्दानीमा भएको परिवर्तनलाई समेट्दै संशोधनसहित बजेट पारित गरिएको हो।बजेटमा सुरुमा चालु आव २०८१र८२ को मौज्दात १७ करोड ३१ लाख ५९ हजार ३ सय ९६ रुपैयाँ अनुमान गरिएको थियो। तर हाल वास्तविक रुपमा २० करोड ५१ लाख ७४ हजार ५ सय ६५ रुपैयाँ मौज्दात देखिएपछि त्यसलाई बजेटमा थप गर्ने निर्णय गरिएको हो।त्यस्तै नदीजन्य पदार्थको विक्री व्यवस्थापन बाट प्रारम्भिक अनुमानमा २ करोड रुपैयाँ आम्दानी हुने भनिए पनि ४८ लाख ४५ हजार रुपैयाँ थप हुने देखिएको छ। गाउँपालिकाको आन्तरिक आम्दानीतर्फ पनि २५ लाख रुपैयाँ बढेको छ।
    संशोधनपछि जम्मा ३ करोड ९३ लाख ६० हजार १ सय ६९ रुपैयाँ थप भई गाउँपालिका को कुल संशोधित आय ७९ करोड २४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ पुगेको छ।त्यस्तै अधिवेशनमा चालु आवभित्र ठेक्का प्रक्रिया सम्पन्न भए तापनि विभिन्न कारणले कार्यान्वयनमा जान नसकेका योजनाहरूलाई आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्न मिल्ने गरी ४ करोड ५२ लाख ९५ हजार ८ सय २० रुपैयाँ बराबरको बजेट सारिने प्रस्ताव पनि पारित गरिएको हो।त्यसैगरी आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ मा संशोधन प्रस्तावसहितको प्रस्तुति दिनुहुँदै सभामा छलफलका लागि समय उपलब्ध गराउनुभएको थियो। छलफलपछि सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation