सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

  • काठमाडौँ,३१ असार। सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेस भएको छ ।
    समितिका सभापति ऋषिकेश पोखरेलले आजको प्रतिनिधि सभामा पेस  गर्दै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी लगायत मन्त्रालयको धेरै बेरुजु भएको र त्यस विषयमा समितिमा छलफल सम्पन्न भइसकेको जानकारी दिए । समितिको २५६ वटा बैठक सकिएको ।  सांस्कृतिक सम्पदा भाडामा दिने काम रोक्न समितिले सरकारलाई निर्देशन दिएको सभापति पोखरेलले बताए । बेरुजुको सम्परीक्षण भइरहेको उनको भनाइ थियो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation