
बुटवल, ३० असार । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीको आयोजनामा आज बुटवलस्थित इलाका प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय, लायन्स सदस्य तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व लायन हिमाल श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालका लायन सन्दीप कसौधन को उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी इन्द्रबहादुर राना उपस्थित रहनुभएको थियो। कार्यक्रममा लायन प्रज्वोल अर्यालले संचालनको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले उपस्थित महानुभावहरूप्रति स्वागत गर्दै वृक्षारोपण कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो। यस अवसरमा लायन सन्दीप कसौधनले वातावरणीय संकटको समयमा वृक्षारोपणको महत्त्व झनै बढेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै, डिएसपी इन्द्रबहादुर रानाले प्रहरी प्रशासन सदैव वातावरणमैत्री र सामाजिक अभियानहरूमा सकारात्मक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको विशेष पक्ष भनेको अघिल्लो कार्यकालका अध्यक्ष क्ष्एए लायन प्रकाश खनाल को योगदानप्रति कृतज्ञता प्रकट गर्दै। उहाँको नेतृत्वमा इलाका प्रशासन कार्यालयमा शिशु स्तनपान कक्ष तथा बालउद्यानको जग राखिएको थियो। यसै कार्यको निरन्तरता स्वरूप हालको नेतृत्वद्वारा वृक्षारोपण कार्यक्रम अगाडि बढाइएको हो।
कार्यक्रममा फलफूलका बिरुवा, छायाँ दिने बृक्षहरू तथा औषधीय महत्वका बोटहरू रोपिएका थिए। सहभागीहरूमा क्लबका सदस्य, प्रहरी कर्मचारी, कार्यालयका कर्मचारी र स्थानीय बासिन्दाहरू थिए, जसले वृक्षारोपणमा उत्साहपूर्वक सहभागिता जनाए।
लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक, शैक्षिक र वातावरणीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ। क्लबले समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
कार्यक्रममा सहभागी सबै अतिथि, सुरक्षाकर्मी, र क्लब सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।