
काठमाडौ,३० असार । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको २०२५ को उपाधि जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ सुरुभएको खेलमा पेरीस सेन्ट जर्मन (पिएसजि) लाई ३ः० गोल अन्र्तले हराउदै चेल्सीले उपाधी जितेको हो ।
चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने यसै सिजन अनुबन्धित खेलाडी जोआओ पेड्रोले तेस्रो गोल थपे.२२औं मिनेटमा पाल्मरले गोल गर्दै अग्रता दिलाएका थिए । ३०औं मिनेटमा उनैले दोस्रो गोल गरे । ४३औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३.० ले अघि बढ्यो ।
दोस्रो हाफमा थप गोल भएनन् र चेल्सीले युरोपियन च्याम्पियन टोली पीएसजीको चुनौती पन्छाएर उपाधि जित्न सफल भयो ।फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए। विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक उनीहरूकै हातबाट प्राप्त गरे। यो चेल्सीको दोस्रो क्लब विश्वकप उपाधि हो। यसअघि सन् २०२१ मा पनि चेल्सीले यो प्रतियोगिता जितेको थियो।