
काठमाडौँ,२९ असार । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् ।
मादक पदार्थ सेवन गरेमा, रातो बत्तिमा सवारी चलाएमा, लेन क्रस गरेमा र तीव्र गतिमा सवारी दौडाएमा अब घर वा कार्यालयबाट नै सचेतना कक्षा लिन सकिन्छ । ज्ञान बजारसँगको सहकार्यमा अनलाइन सचेतना कक्षा लिने प्रणाली देशभर लागु गरिएको प्रहरी प्रधान कार्यालयका एआईजी सिद्धि विक्रम शाहले जानकारी दिए । अनलाइन कक्षा लिनुभन्दा पहिले कसुर अनुसार लाग्ने जरिवाना भुक्तानी गर्नुपर्छ ।
१. नागरिक एप डाउनलोड गरेर ट्राफिक सचेतना कक्षाको लिङ्क थिच्नुपर्छ ।
२.त्यसपछि ‘टेक अनलाइन क्लास’ भन्ने विकल्प रोज्नुपर्छ ।
३. टर्म एन्ड कन्डिसन पढेर ‘कक्षामा सामेल हुनुहोस्’ भन्ने विकल्प रोज्नुपर्छ ।
४.त्यसपछि ‘फोटो लिनुहोस’ भन्ने विकल्प रोजेर दुवै कान देखिने फोटो अपडोल गर्नुपर्छ ।
५.त्यसपछि थ्रेसहोल्डमा ध्यान दिएर कक्षा पढ्न सकिन्छ ।
६. कक्षा पुरा भएपछि एपमार्फत सोधिने ६ ओटा प्रश्नहरू मध्ये ३ वटा प्रश्नको जवाफ मिलाउनुपर्छ ।
७. कक्षा सफल भएपछि नागरिक एपबाट ‘टेक अनलाइन क्लास’बाट सेवाग्राही हट्नेछन् ।