तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी

  • बुटवल २७, असार । फ्रान्सको पेरिसमा जारी विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी गरिएको छ ।
    गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा रहेको छ। बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसमेत गरिएको थियो । अन्तिम मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विधिवत् रूपमा प्रक्रिया अगाडि बढेको हो ।लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले पेरिसमा एक हप्ता अघिबाट फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदूत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिनसहित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरूसँग भेटवार्ता तथा छलफल गरेका गरेका छन् ।
    फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औँ सेसनले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । कोषका कार्यकारी उपाध्यक्ष लामाले खतराको सूचीमा पर्नबाट जोगाउन आफ्नो कार्यकालमा कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स आयोजना र सेक्टर स्ट्राटेजीसहितसंरक्षण र र विभिन्न सुधारका कामहरू आयोजना गरेका थिए ।
    पेरिसमा जुलाई ६ देखि १६ सम्म युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औँ सेसन चलिरहेको छ । आउँदो बुधबार उक्त सेसन समापन हुनेछ ।
    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उपाध्यक्ष लामालगायतको टोली पेरिसमा रहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation