
काठमाडौँ,२५ असार । नेपाल उद्योग परिसंघको २२औँ वार्षिक साधारण सभाले अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन । पाण्डे यसअघि वरिष्ठ उपाध्यक्ष रहेका परिसंघको विधान अनुरूप स्वतः अध्यक्ष चयन भएका हुन् । एक दशकदेखि परिसंघ राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघ उपाध्यक्ष बनेका हुन् ।