
मुस्ताङ,२४ असार। चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने छिनजुङ खोलामा बाढी आएको छ ।
छिनझुन खोलामाबाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको सुरक्षा परिचालन समेत भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु भुसालले जानकारी दिए । लोमन्थाङ ४ हुँदै कालीगण्डकीमा मिसिने उक्त खोलामा दिउँसैदेखि बाढी आएको हो । अहिलेसम्म रोकिएको छैन,’ उनले भने, ‘ताल फुटेर बाढी आएको हुन सक्छ । यता पानी परेको छैन । अरू कारणले बाढी आएको होइन ।’
मुस्ताङ हिमाल पछाडि रहेको छो ल्योङढ्योक ताल फुटेको हुनसक्ने उनको अनुमान छ । खोला किनारमा रहेका नागरिकहरूलाई सुरक्षित हुन उनले आग्रह गरेका छन् ।