
काठमाडौँ,२४ असार । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
बिदुर नगरपालिका(१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए।