लायन्स बुटवल स्टार्सको २०२५ /२६ को प्रथम बैठक तथा बार्षिक कार्ययोजना

  • बुटवल,२२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सको बर्ष २०२५/०२६ पहिलो बैठक तथा बार्षिक कार्ययोजना सनिबार अध्यक्ष राजन जिसिको अध्यक्षतामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष राजन जिसि अध्यक्षतामा भएको बैठकले आगामी एक वर्षका लागि योजना तय गरेको छ । बैठकले अनुमानित बजेट तथा योजना बनाएको हो । बैठकमा क्लबका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ पि का फस्ट भवाइस गर्भनर संदिप कसौधन ,पूर्व अध्यक्ष तथा दिपक भट्टराईले , पूर्व अध्यक्ष तथा एरिया ३ सचिव अन्जील खान, पूर्व अध्यक्ष तथा जोनचेयरपर्सन विजय बर्नवाल, पूर्व अध्यक्ष रिन्कु लिगल, निवर्तमान अध्यक्ष भुपेन्द्र अर्याल लगायतले बोलेका थिए । बैठकको सञ्चालन क्लबका सचिव सचिव पिताम्बर अर्यालले गरेका थिए । क्लबले लायन्सको मुलमन्त्रलाई मध्येनजर गरि विविध गतिविधिसहित ग्लोबल वार्मिङका विषयमा समेत समेटेर अघि बढ्न जरुरी रहेको बताए। डिष्ट्कि गर्भनरले सारेको बार्षिक कार्ययोजना अन्र्तगत समाजिक सेवा गर्ने र विश्वभर नै लायनबादको नारालिएर सामाजिक क्षेत्रमा अघि बढेको उनले बताए।सास्कृतिक र रचनात्मक कार्यक्रममा जोड दिएर अघि बढ्ने प्रतिवद्घता जनाए। क्लबका सदस्यहरुलाई क्रियाशिल बनाउने गरि अभियान थाल्ने अध्यक्षले बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation