भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

  • भोजपुर,२२ असार । भोजपुरमा जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोदलेखानीमा एक व्यक्तिले ससुराली घरका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ
    राईले माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । ‘उनी बिस्तारै-बिस्तारै बोल्न सक्छन्, आफूले हत्या गरेको भनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation