अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने

  • काठमाडौं ,२० असार। अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने भएको छ ।
    अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड,सबै सार्वजनिक संस्थान र बोर्डरसमिति तथा प्रतिष्ठानका नाममा पत्र लेख्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुनेबारे जानकारी गराएको हो । अर्थ मन्त्रालयका अनुसार अब आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation