लुम्बिनी सास्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ५० लाख बराबरको बजेट

  • लुम्बिनी,२० असार । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाले १ अर्ब ५४ करोड ५० लाख ५९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले १५ औँ नगर सभाबाट सो बराबरको बजेट आर्थिक बर्ष २०८२/८३ का लागी ल्याएको हो ।
    नगर उपप्रमुख उप प्रमुख कल्पना हरिजनले बजेट पेश गरेको बजेटमा सरकार समानिकरण अनुदान अन्तर्गत रु १७ करोड ३० लाख, राजश्व बाँडफाँड तर्फ १४ करोड ७४ लाख, सशर्त अनुदान अन्तर्गत नेपाल सरकारको ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैङ्क तर्फ ५३ करोड ६९ लाख ४ हजार, समपूरक अनुदान अन्तर्गत ६८ लाख हुने आय अनुमान गरी प्रस्तुत गरिएको छ । साथै प्रदेश सरकार सशर्त अनुदान अन्तर्गत १ करोड ३० लाख, समानिकरण अनुदान अन्तर्गत १ करोड २० लाख ७२ हजार राजश्व बाँडफाँड तर्फ १ करोड ३६ लाख ७२ हजार र समपूरक अनुदान अन्तर्गत १ करोड २० लाख हुने अनुमान गरिएको बजेटमा उपप्रमुख हरिजनले बताइन्। यसै गरी नगर विकास कोष तर्फ १० करोड १३ लाख ४ हजार सडक बोर्ड तर्फ ४० लाख, आन्तरिक राजश्व तर्फ ५ करोड, घरजग्गा रजिस्ट्रेसन शुल्क बापत ४ करोड ७० लाख तथा बचत ६ करोड ३६ लाख ११ हजार गरी कुल १ अर्ब ५४ करोड ५० लाख ५९ हजार आय अनुमान गरिएको छ । १३ वटा वडाका लागी एक करोड ५ लाख रुपैया बिनियोजन गरिएको जानकारी दिइन । साथै आर्थिक बर्ष २०८२/८३ का लागी पालिकाले शिक्षा, स्वास्थ्य, कृर्षी, पुर्वाधार र पर्यटन क्षेत्रको बिकासलाई प्राथमिकतामा राखी निति तथा कार्यक्रम ल्याइएको पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष ईनामुल्लाह फकिरले बताए ।
    आर्थिक बर्ष २०८२/८३ का लागी कार्यन्वयन हुन सक्ने र नगर बिकासमा दिर्घकादिन असर पुग्ने गरी कार्यक्रम तथा योजना ल्याइएको प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बताइन।
    सभामा बौल्दै नगरपालिकाका प्रमुख सजरुद्यिन मुसलमानले पालिकाको बिकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउदै लुम्बिनी सास्कृतिक नगरपालिकालाई सम्बृद्ध बनाउन पालिका निरन्तर लागी रहेको जानकारी दिए। सभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य शाखा प्रमुख तथा सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation