सामजसेवी के.सी.द्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

  • बुटवल, २० असार । सामाजसेवी अनिल कुमार के.सी.ले एसईई उत्तीर्ण पाँच जना विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ  ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तथा नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव अनिल कुमार के.सी.ले सिद्धार्थनगर–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयबाट एसईईमा उत्तीर्ण पाँच जना विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।
    शुक्रबार विद्यार्थीहरुको घरमै पुगेर उहाँले खादा तथा टीका लगाएर तथा झोला दिएर सम्मान गर्नुभएको छ ।

    सम्मानित हुनेमा सिद्धार्थनगर–६ पिपरहियाकी खुसी चौधरी, वडा नम्बर ४ की सहारा नेपाली, सृष्टि नेपाली, गौरी केवट र वडा नम्बर १० का धिरज यादव रहेका छन् । सो अवसरमा महात्मा बुद्ध माविका पूर्व शिक्षक ओम प्रकाश त्रिपाठी, समाजसेवी विजयनाथ धवल, कृष्ण कुमार चाई, केदार कुर्मी, मनिष चौधरी, शेर अली खान, प्रितम रौनियार, अमिर खान लगायतको उपस्थिति थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation